हुण्डी कारोबारमा संलग्न प्रसाई र राई पक्राउ
काठमाडाैं | माघ १३, २०८०
काठमाडौं: हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा २ जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१० अनामनगर बस्ने ५० वर्षीय युवराज प्रसाई र सुनसरी धरान उपमहानगरपालिका–११ घर भई काठमाडौं महानगरपालिका–६ नयाँबस्ती बस्ने ३० वर्षीय विश्वास राई रहेका छन् ।
युवराजको घरमा अवैध रूपमा नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई रकमको हुण्डी कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
अनुसन्धानकै क्रममा काठमाडौं महानगरपालिका–६ बौद्ध नयाँबस्तीस्थित विश्वासको सटर कोठाबाट नगद ३० लाख १८ हजार रूपैयाँ, ल्यापटप २ थान र मोबाइल ५ थान बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुमाथि जिल्ला अदालत बबरमहल काठमाडौंबाट नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा: युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’ ...
काठमाडौं: गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्च...

